पोखरामा भिरबाट लडेर एकजनाको मृत्यु

पोखरा, पुस ९ ।
पोखरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । नवलपुरका १७ बर्षिय सुजन गोले तामाङको गोर्खा भिलेज घुमेर फर्किने क्रममा पोखरा २७ स्थित छत्रे ढुंगाको भीरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट लडेर गम्भीर घाईते भएका उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।