पोखरामा भाइरल बनेका चोरहरु समातिए, आफ्नो भिडियो हेरेर आफै दंग (भिडियो सहित)

पोखरा, पुस २ ।
पोखरामा एकपछि अर्को चोरी गर्ने दुई चोरहरु गण्डकी टेलिभिजनबाट प्रशारण हुने गण्डकी छड्के कार्यक्रमबाट भाइरल बन्न पुगे । एउटा चोर दिदीको पसलबाट ल्यापटप चोरेर भाइको पसलमा बेच्न पुगेका थिए भने अर्को चोर सुनपसलमा सिसी टिभी क्यामेरादेखि सजग भएपनि आफ्नो अनुहार लुकाउन सकेका थिएनन् ।

यी दुई चोरहरु अपिल त्रिपाठीले सञ्चालन गरेको युट्युब च्यानल फलानो न्यूजमार्फत भाइरल बन्न पुगे । अन्ततः उनीहरु कास्की प्रहरीको फन्दामा परेका छन् । काठमाण्डौ घर बताउने अशोक थापाले मोबाइल पसलमा रिसेप्सनमा राखिएको ल्यापटप र ६ वटा मोबाइल चोरेका थिए । उनले आफूले लागूपद्धार्थ सेवन गरेका कारण सिसि टिभि क्यामेराबारे थाहा भएपनि यसबारे सोच्न नसकेको बताए ।

यस्तै, पोखराका विभिन्न सुनचाँदी पसल, किराना पसल तथा मोबाइल पसलहरुको चोरीमा संलग्न कपिलबस्तु घर भइ हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षका दिपिन भन्ने ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरीका घटनाहरु बढेपछि प्रहरीले टोली नै खटाएर खोजतलास गरिरहेको थियो । चोरी अनुसन्धान तथा नियन्त्रण गर्न विषेश प्रहरी टोली गठन गरी सुरक्षा स्थितिलाई मध्यनजर राख्दै व्यापक रुपमा एम्बुसिङ, प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिको निगरानी गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका सिसी क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोज तलास गर्ने क्रममा थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पोखरा १२ हस्पिटल चोकस्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दाको अबस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीका सामानहरु सहित चोर पक्राउ गरेको हो । असई सन्तोष सुवेदी लगायतको टोली खटिएका थिए ।