पोखरामा बृद्धालाई मोटरसाईकलले ठक्कर दियो, भागेका सन्दिप पक्राउ

पोखरा, बैशाख २२ ।
मोटरसाइकलले बृद्धालाई ठक्कर दिएर भागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का सन्दीप भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का स्थानीय ८० वर्षीय मंगली रानाभाटलाई मोटरसाइकलले ठक्कर दिएर फरार भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
ग ७ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रानाभाटको खुट्टा र शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ भने मोटरसाइकल वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।