पोखरामा बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पोखरा, भदौ २८ ।
पोखरा ३१ नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । उनलाई आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो । बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही घरमा भाडामा बस्दै आएका ४५ बर्षिय रेवतीरमण पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना बुधबार सवा दुई बजेको हो । बृद्धाको छोरा सामान किन्न बजार निस्किएका थिए । बलात्कार गर्ने युवकको श्रीमति तीज मान्नका लागि माईत गएकी थिईन् । उनी रक्सी खाएर बृद्धाको कोठामा पसे । बृद्धालाई एक्लै देखेपछि बलात्कार गरेका स्थानीय बताउँछन् । दुवैजना सोही घरमा भाडामा बस्दै आएका थिए ।

बलात्कार भएको खवर प्रहरीले पाएपछि अनुसन्धान थालिसकेको छ । बृद्धालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गरिएको छ । घटना भएपछि पाण्डे भागेका थिए । उनलाई … तनहूँ प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनका अनुसार बृद्धाको स्वास्थ्य परीक्षणको काम भैरहेको छ ।