पोखरामा बसमा छुटेको २ लाख धनीलाई फिर्ता गरियो

पोखरा, साउन ९ ।
बसमा छुटेको २ लाख नगद सहितको झोला सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । पोखराको बागलुङ बसपार्कदेखि बागमारातर्फ गैरहेको ना ६ ख ८४१२ नम्बरको बसमा नगद २ लाख सहितको झोला छुटेको थियो ।

झोलाका धनीले प्रहरीलाई खवर गरेपछि प्रहरीले चेकजाँच गरेर झोला फेला पारेको थियो । उक्त झोला पोखरा ३३ की शान्ति पाध्यालाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।