पोखरामा बसको ढोकाबाट खसेर एकजना घाईते

पोखरा, असोज २६ ।
बसको ढोकाबाट खसेर पोखरामा एकजना घाईते भएका छन् । पोखरा ११ फुलबारीमा ग १ ख ६५६४ नम्बरको बसबाट खसेर ६५ बर्षिया महालक्ष्मी बज्राचार्य घाईते भएकी हुन् ।

उनको उपचारका लागि मनिपाल शिक्षण अस्पतालमा लगिएको छ । बस प्रहरीको नियन्त्रणमा राखिएको कास्की प्रहरीले जनाएको छ ।