पोखरामा बर्षा र हावाहुरी, चार घरको छाना उडायो

पोखरा, असार ११ ।
पोखरामा मंगलबार साँझ आएको वर्षा सँगैको हावाहुरीले चार घरको छाना उडाएको छ । पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उडाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए ।

सुकुम्बासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देबकोटा, शक्ती र राधा विकको घरको टिनको छाना उठाएको उनले जानकारी दिए । घरका छाना उठाए पछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन् ।

कोठामा रहेका टीभी, स्कुटर, राईस कुकर फुटेका छन् भने घर भित्र पानी पसेको छ । उनीहरुका परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको उनले बताए । प्रहरीले राती नै गएर क्षतीको विवरण संकलन गरेको छ ।