पोखरामा बन्दको असर–बजार सुनसान, यातायात ठप्प

पोखरा, असार २५ ।
प्रदेशको नाम जातिय पहिचानमा राख्नुपर्ने माग सहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण पोखरामा सुनसान छ । पसलहरु खुलेका छैनन् भने यातायात पनि खासै चलेका छैनन् ।

निजी गाडीहरु भित्रीबाटोबाट चलेपनि सार्वजनिक सवारीहरु पूर्णतः ठप्प छन् । विद्यालयपनि खुलेका छैनन् । प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातिय संघ संस्थाहरु आन्दोलनमा छन् ।

उनीहरुको आन्दोलनलाई नयाँशक्ति सहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समेत समर्थन गरेको छ । माग सुनुवाई नभए अनिश्चितकालीन बन्द गर्ने समितिको चेतावनी छ ।