पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव

पोखरा, साउन २१ ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी क्यामेरा फूटेजमा देखिएको छ । विहान १० वजे कार्यालयमा पुग्दा मात्र कार्यालयमा चोरी भएको थाहा पाएर प्रहरीलाई खवर गरेको वडा सचिव सविता ढुंगानाले वताइन् ।

यसअघि पनि पोखराका ५ वटा वडा कार्यालयहरुमा श्रृंखलावद्ध चोरी भएको थियो । चोरी गर्ने गिरोह एउटै हुलियाका सिसी क्यामेरा फूटेजमा देखिएपनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । एक पछि अर्को गर्दै पटक पटक वडा कार्यालय चोरी हुँदा समेत प्रहरी र महानगरले गम्भीर भएर चोरको खोजी गरेको छैन ।

वडा कार्यालयहरुमा चोरी वढेपछि बुधवार महानगरमा सवै सुरक्षा निकायलाई वोलाएर छलफल गर्ने मेयर मानबहादुर जिसीले बताए । एउटै हुलिया देखिने चोरले वडा कार्यालयका कम्प्युटर नै निसाना बनाउनुमा सप्टवयेर ह्याक गर्ने नियत हुनसक्ने आशंका छ ।