पोखरामा फेरि अर्को आगलागी, २ वटा दमकलले २ घण्टा लगाएर निभायो आगो

पोखरा, पुस २ ।
पोखरा ५ मासबारमा आगलागी भएको छ । राती सवा १० बजेतिर दण्डपाणी बरालको घरको आडामा रहेको परालको टौवामा आगलागी भएको हो । करिब १ सय भारी पराल भएको टौवामा आगो लागेको बताईएको छ ।

करिब २ घण्टा भन्दा बढी ३ वटा दमकल प्रयोग गरेर आगो नियन्णमा लिईएको छ । समयमै खवर गरेकाले अरु क्षति हुन नपाएको प्रहरीले जनाएको छ । टौवामा भएको सबै पराल जलेर नष्ट भएको छ ।