पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

पोखरा, असार ५ ।
पोखरामा नेपाल टेलिकमले फाइभजी सेवाको विस्तार गर्ने भएको छ । अहिले परीक्षण गरिरहेको छ । काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको हो । अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले जानकारी दिए ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालका अनुसार गण्डकीका २५ लाख १ हजार ८४२ जनाले टेलिकमको सेवा लिएका छन् । पोष्टपेड मोवाइल चलाउने ७० हजार र प्रिपेड मोवाइल चलाउने २३ लाख ९२ हजार ५०४ जना रहेको पनि उनले बताए ।

टेलिकमका निर्देशक इन्दल यादवले सोचेजस्तो काम नभएको बताए । ‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ,अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’ उनले भने, ‘कतै फाइबर बिच्छ्याउने काम ग¥यो, समन्वय हुँदैन । एउटा पोल गाड्न खोज्यो, अवरोध हुन्छ । पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ, सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।’

नेपाल टेलिकम सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्, सस्तो र भरपर्दो भएको पनि बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् ।