पोखरामा प्रादेशिक सुरक्षा गोष्ठी

पोखरा, कार्तिक २५ ।
पोखरामा ४ र ५ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी भएको छ । शुक्रबार भएको गोष्ठीलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले दलहरुको अस्वस्थ प्रतिश्पर्धाले समस्या भएको बताएका छन् । जसरी पनि आफुले चुनाव जित्नुपर्छ भन्ने दलहरुको हठले स्वच्छ निर्वाचनमा चुनौति थपेको उनको भनाई छ । आयोगले उम्मेदवारका लागि आचार संहिता र खर्चको सिमा तोकेकाले आचारसंहिता उल्लंघन बढीरहेको उनको गुनासो छ । पौडेलले आ–आफ्नो जिल्लामा दलहरुसँग समन्वय गरेर आचारसंहिता पालना गराउन सहजकर्ताको भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।
कार्यक्रममा गृह सचिव कृष्णमोहन सापकोटाले सुरक्षाका हिसावले केही ठाउँ निकै संवेदनशिल भएको बताए । क्षेत्र भने उनले खुलाएनन् । कार्यक्रमका सहभागीहरुलाई आफ्ना क्षेत्रको समस्या पहिचान गरेर तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । गोष्ठीमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी लगाएत सहभागी थिए ।