पोखरामा प्रदेशसभा बैठकबारे अन्यौल !

पोखरा, माघ १६ ।
माघ २२ गते ११ बजे डाकिएको प्रदेशसभाको पहिलो बैठकका लागि पोखरा नगर विकास प्रशिक्षण केन्द्र मर्मत तथा सिंगारपटार गरिएको छ । प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने आदि विषयमा अन्योल भने कायमै छ । ती विषयमा सहजीकरण गर्न ४ सदस्यीय संसदीय टोली मंगलबार पोखरा आईपुगेको छ । प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, विभिन्न विभाग निर्माणको सहजीकरणका लागि सहसचिव जीवराज बुढाथोकी, उपसचिव गोपाल सिग्देल, अधिकृत अनन्त कोइराला र प्राविधिक सहायक सुदर्शन गौतमको टोली मंगलबार पोखरा आईपुगेको हो ।
कार्पेट ओछ्याउने, सभामुख तथा सांसदका लागि कुर्ची तथा टेबल तयार पार्ने लगायत काम अहिले भइरहेको छ । प्रदेशसभा हलमा फर्निचर सेटिङ कसरी गर्ने, पत्रकार, पर्यवेक्षक, मर्यादापालक लगायतका लागि कहााकहाा स्थान तोक्ने निर्क्योल गर्न केन्द्रबाट आउने संसदीय टोलीको प्रतीक्षा थियो । ‘मंगलबार हामी पोखरा आएपछि सरकारी कर्मचारीसँग भेटघाट गरेका छौं,’ सहसचिव जीवराज बुढाथोकीले भने, ‘अब प्रदेशसभा बैठकको तयारी र त्यसका लागि आवश्यक पूर्वाधार तथा सामग्री जुटाउन लाग्नेछौं ।’ टोलीले यहाँका अरु कर्मचारीलाई तालिम दिनेछ । १५ दिनदेखि १ महिनासम्म पोखरा नै बसेर यो टोलीले अन्य कर्मचारीलाई संसदीय अभ्यास गराएर र्फकनेछ ।
संघीय संसदमाजस्तै यहाा प्रदेश संसदको पनि भौतिक पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए । सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाँपट्टी सत्तापक्ष र बायाँ पट्टी प्रतिपक्षका सांसद बस्ने र कर्मचारी, पत्रकार लगायतलाई छुट्टै ठाउा व्यवस्थापन गर्ने तयारी गरिएको छ । बैठक शुरु हुनु पहिले नै जनाउ घन्टी बजेपछि सांसद हलभित्र प्रवेश गरी सभामुख तोकिएका ज्येष्ठ सदस्य डयासमा पुगेपछि राष्ट्रिय धुन बजाएर बैठक सुरु गर्ने तयारी गरिएको छ । बैठकमा संसदको अन्तरिक व्यवस्थापन कार्यविधि ग्रहण गरेलगत्तै सभामुख तथा उपसभामुख निर्वाचनको मिति तोकिनेछ । पहिलो बैठकको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदको अभ्यासका लागि पनि पहिलो र दोस्रो बैठकमा सांसदलाई पनि बोल्न दिने गरी तयारी थालिने टोलीले जनाएको छ । प्रदेशसभाको बैठक बस्नुभन्दा ३र४ दिन अगाडि नै सर्बदलीय बैठक बसेर कार्यसूची तयार गरिने टोलीले जानकारी दिएको छ ।