पोखरामा प्याराग्लाईडिङ रुखमा अड्कियो, एकजना घाइते

पोखरा, चैत १४ ।
पोखरामा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाईडिङ रुखमा ठक्कार खाएको थियो ।

दुर्घटनामा हिमालयन फ्रण्डियर कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा चाइनिज नागरिक ट्याङ फुरोङ घाइते भएकी हुन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार गरिएको छ ।