पोखरामा प्याराग्लाईडिङ खस्यो, दुई घाईते

पोखरा, फागुन १८ ।
पोखराको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट खहरेका ३४ बर्षिय राजबहादुर जिसी घाईते भएका हुन् ।
घाईते मध्ये जापानी नागरिकको सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ भने अर्का घाईतेको ढाडमा चोट लागेका कारण फेवा सिटी अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।