पोखरामा प्याराग्लाईडिङसँग ठोकिँदा विदेशी नागरिक घाईते

पोखरा, कार्तिक २६ ।
पोखराको सराङकोटमा प्याराग्लाईडिङसँग ठोकिएर विदेशी नागरिक घाईते भएका छन् । तोरिपानीको टेकअप स्पटमा नेपाल फ्लाई कम्पनीको प्याराग्लाईडिङलाई पाईलट दिलकुमार लिम्बुले उडान भर्ने क्रममा हेरिरहेका ब्राजिलियन नागरिक ४९ बर्षका ःब्च्क्ष्थ्ब् क्इीव्ब्च् घाईते भएका हुन् ।

उनको पोखराकै जीरो स्थित रिजनल अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।