पोखरामा पार्किङ गरेको गाडीमा आगलागी

पोखरा, फागुन ३ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छने भने आगाडीको सिसा समेत फुटेको प्रहरीले जानकारी दिएको छ ।

File Photo Pohara Zero

बसमा लागेको आगो वडा प्रहरी कार्यालय रामबजारको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागी के कारणले भएको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । केही दिन पहिले पनि पोखराको जिरोकिलोमिटरमा रोकिराखेको बसमा आगलागी भएको थियो ।