पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण

पोखरा, असार ६ |

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण भएको छ । चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा ओर्लिएको हो ।  

उक्त जहाज चीनको सिचुवान प्रान्त बाट उडेको हो। पोखरामा हुने `ड्रागन बोट रेस फेस्टिभल´ मा सहभागी हुन आएका खेलाडीसँगै दर्शक र चिनियाँ पर्यटकहरुले बिमान चार्टर्ड गरेका हुन् ।