पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनबाट हुने

पोखरा, असार १ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान चीनबाट हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय भएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच शुक्रबार सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६) मा चार्टर्ड उडान भर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । तर हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चार्टर्ड उडान हुने भएपनि नियमित उडानको भने कुनै टुंगो छैन ।