पोखरामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु !

पोखरा, असार २६ ।
पोखराका विभिन्न ठाउँमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । पोखरा १८ सराङकोट र २५ नम्बर वडा स्थित झिर्झिकामा पहिरोले ४ जनाको मृत्यु भएको हो ।

सराङकोट स्थित गोठादीका टंकबहादुर थापाको घर पहिरोसँगै पुरिएको छ । घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते छन् । घाईते मध्ये ४ जनालाई उपचारको लागि मनिपाल शिक्षण अस्पताल लगिएको छ । अन्यको अवस्था सामान्य छ ।

मृतकको पहिचान भने खुल्न बाँकी रहेको कास्की प्रहरीका प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार घरमा राती जन्मदिन मनाउन धेरै इष्टमित्र र छिमेकीहरु समेत आएकाले थप बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी प्रहरीले उद्धार गरिरहेको छ ।

यस्तै, हेमजामा पनि पहिरोका कारण एक बृद्धाको मृत्यु भएको छ । राती साढे २ बजेतिर घर पछाडिबाट पहिरो झर्दा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको हो । पहिरो झरेर पोखरा–स्याङजा सडक अवरुद्ध भएको छ । पोखराकै पामे क्षेत्रमा पनि ठाउँठाउँमा पहिरो खसेर बाटो बन्द छ ।

कास्कीबाट बग्ने नदीहरुमा पानीको बहाव निकै उच्च भएको छ । प्रहरीले बढी जोखिमका क्षेत्रका स्थानीयलाई सचेर रहन सुझाएको छ ।

File Photo