पोखरामा पत्रिकाको जीपमा टिप्पर ठोकियो

पोखरा, चैत २० ।
पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना भएको छ । मंगलबार विहान भएको दुघटनामा दुईवटा सवारी साधानमा क्षति पुगेको छ । काठमाडौबाट पोखरा अन्नपुर्ण पोष्ट दैनिक पत्रिका बोकेर आउदै गरेको बा १४ च ८५६३ नम्बरको जिपलाई र ग१ख ६६०९ मिनि ट्रकले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट जिपको अगाडीको भाग धवस्त भएको छ भने ट्रकको डिजेल ट्यांकी धवस्त भएको छ । प्रहरीले घटनाकोबारे छानवीन गरिरहेको जानकारी दिएको छ ।