पोखरामा नेविसंघले प्रधानमन्त्री ओलिको पुत्ला जलायो

पोखरा, जेठ ३१ ।
नेपाल विद्यार्थी संघले पोखरामा प्रधानमन्त्री केपीशर्मा ओलिको पुत्ला जलाएको छ । पोखराको महेन्द्रपुलमा भेला भएका नेविसंघ र काँग्रेसका नेता तथा कार्यकर्ताहरुले पुत्ला दोहन गरेका हुन् ।

मुल्यबृद्धीको विरोध स्वरुप चरणबद्ध आन्दोलन गरिरहेको नेविसंघले विहिबार प्रधानमन्त्रीको पुत्ला जलाएको हो । काँग्रेस पार्टी कार्यालय चिप्लेढुंगाबाट प्रधानमन्त्रीको पुत्ला सहित निस्किएको जुलुस महेन्द्रपुल चोकमा पुगेर समापन भएको थियो ।जुलुसपछि कोणसभामा बोल्दै नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले मुल्यबृद्धी फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । पुत्ला दोहन गरिसकेपछि प्रहरीले पानी हालेर निभाएको छ ।
तश्विर-बिजय नेपाली