पोखरामा निरन्तर भीषण बर्षा, यस्तो छ तीन दिनको मौसम अनुमान

पोखरा, भदौ २५ ।
पोखरामा सोमबार दिउँसो करिब ३ बजेपछि निरन्तर बर्षा भैरहेको छ । पोखराका सडकभरी पानी तालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको छ ।

धेरै पानी बगेका कारण पैदलयात्रुले सडक वारपार गर्न पनि सकेका छैनन् । पोखरामा पानी परेपछि सडकमा यात्रा गर्न निकै कठिन हुन्छ । मौसम विज्ञान विभागले तीनदिनका लागि गरेको पुर्वानुमानले मध्यम पानी पर्ने जनाएको थियो । तर पोखरामा अत्यधिक बर्षा भैरहेको छ ।

भाद्र २६ गते (मंगलबार)
दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र पश्चिमि भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका थोरै स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ ।

भाद्र २७ गते (बुधबार)
दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र मध्यका केहि स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।