पोखरामा नगद ६ लाख सहित तास खेल्ने ११ जना पक्राउ

पोखरा, कार्तिक १६ ।
तास खेल्दै गरेका ११ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ९ नयाँबजारबाट नगद ५ लाख ९७ हजार रुपैयाँ सहित ११ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा गढीमाई घर भई पोखरा नयाँबजार बस्ने ३० बर्षिय सुनिल प्रसाद, भारत मोतिहारी घर भई नयाँबजार बस्ने ३२ बर्षिय राजुप्रसाद जैसवाल, २८ बर्षका अमरेन्द्र कुमार, २५ बर्षका लवकुश कुमार, ३२ बर्षका रम्भु प्रसाद, ४० बर्षका धर्मेन्द्र प्रसाद, २९ बर्षका पप्पु जैसवाल, ३५ बर्षका रामाप्रसाद जैसवाल, ४० बर्षका किशोर प्रसाद, २५ बर्षका धु्रव कुमार र भारत सिवर घर भई नयाँबजार बस्ने २८ बर्षका शिवनाथ पण्डित पक्राउ परेका हुन् ।

उनीहरुलाई जुवातास मुद्धामा अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।