पोखरामा नक्कली सुन देखाएर ठगी

पोखरा, असार ३ ।
पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट उनीहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोप छ ।

कास्की प्रहरीका अनुसार सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामाङ र मकवानपुरका ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँ नगद बरामद भएको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।