पोखरामा दिनहूँजसो चोरी, पृथ्वीचोकमा पनि पसल फोडियो

पोखरा, भदौ २ ।
पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो ।

मुख्य सडकमा रहेको पसलमा चोरले साँचो फोरी करिब नगद सात हजार र करिब दस हजार बराबरको पसलका समान चोरी गरेको पसल धनी नवीन क्षेत्रिले जानकारी दिए ।

त्यसै गरि, बिहीबार राती पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको थियो । कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।