पोखरामा तमु ल्होसार भब्य

पोखरा, पुस १७ ।
कस्केली तमुहरुले सामूहिक रुपमा भव्यताका साथ नयाँ बर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ सामुहिक रुपमा आइतवार मनाए । शनिबार (पुस १५) गते संस्थागत रुपमा मनाएका उनीहरुले आईतबार सामूहिक रुपमा मनाएका हुन् । पोखराको चिप्लेढुंगामा जम्मा भई ल्होछार÷ल्होसार शुभकामना ¥यालीका साथ महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङगणमा सामुहिक खि तमु ल्होछार÷ल्होसार सभामा परिणत भयो । प्रमुख अतिथि प्रदेश नं. ४ का लागि कास्कीबाट निर्वाचित सांसद मनबहादुर तमुले आफू तमुको पहिचान र अधिकारका लागि सदैव क्रियाशील रहेको बताए । नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद तमुले राज्यले सुनिश्चित नगरुन्जेल आफू तमुहरुसँग रहने विश्वास समेत दिलाए । ‘जब तमुहरुले समान अधिकारको प्रत्याभुत गर्दैनन् त्यो बेलासम्म राष्ट्रिय गीत नगाउने भएकाले अधिकार लेखाएर छिट्टै तमुले राष्ट्रिय गीत गाउने वातावरण बनाउनेछु’ उनले भने– ‘सबैले साथ दिनुस्, म तमु समुदायको अधिकार सुनिश्चित गराईछाड्छु तर तमुहरु विवादित नभई एकतावद्ध भए मात्रै अधिकार प्राप्त गर्न सम्भव हुनेछ ।’ उनले निर्वाचनमा आफु नभई तमु समुदाय विजयी भएको बताउँद ै सदैव जिम्मेवार, जवाफदेही र जनताको सुखदुखमा सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
विशेष अतिथि समानुपातिक प्रदेश सांसद मिना तमुले तमुहरु इमान्दार मात्रै नभई अब बौद्धिक, चलाख र एकता भए मात्रै अधिकार स्थापीत गर्न सक्ने बताईन् । तमुहरु अब स्वदेशमै रोजगारी, राष्ट्रिय पहिचान र मुलुकको समृद्धिका लागि जुट्नुपर्ने उनको भनाई थियो । पुरुष मात्रै नभई दिदिवहिनीहरु पनि समाज विकासका लागि भुमिका निर्वाह गर्न आग्रह गरिन् । पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवि तमुले ल्होछार जस्ता चार्डपर्वले मौलिक सँस्कृतिहरुको संरक्षण गर्ने भन्दै साँस्कृतिक धरोहर संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् । उनले तमुहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा समेत जोड दिईन् ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले शुभकामना व्यक्त गर्दै तमुहरुको आदिवासी जनजातिहरु बहादुर मात्रै नभई बुद्धिमान र अधिकारप्रति सचेत रहेको उल्लेख गरे । पहिचान र अधिकारको आन्दोनका लागि जुट्न उनको आग्रह थियो । सामुहिक ल्होछार÷ल्होसारका कार्यसम्पादन संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले स्वागत मन्तव्य व्यक्त गर्दै तमुहरु अझै पनि राज्यबाट मात्र नभएर राजनीतिक पार्टीहरुमा पनि विभेदमा रहेको बताईन् । सबैको एकताबाट मात्रै अधिकार प्राप्ति हुने उनको भनाई थियो ।

धन्यवाद मन्तव्य व्यक्त गरेका बौद्ध अर्घौं सदनका अध्यक्ष क्या.भुवनसिं तमुले तमुहरु सामुहिकतामा विश्वास गर्ने समुदाय भएकाले एकतावद्ध जरुरी रहेको बताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समारोहका अध्यक्षता समेत गरेका मुल आयोजक समितिका संयोजक तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ४ संयोजक दलबहादुर तमुले तमुवान प्रदेशका लागि जुट्नुपर्नेमा जोड दिँदै सके सबै एकता नसके पनि बिगार्न भत्काउनतर्फ उद्दत हुन नहुनेमा जोड दिए । उनले शब्दहरुमा विवादरहित र धर्ममा तमुहरुको एक रुपताका आग्रह गर्दै मनबहादुर तमु र मिना तमु माननिय मात्रै नभएर मन्त्री बन्नुपर्नेमा जोड दिए ।

यसैबीच, सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु समाजले १५ हजार, दोश्रो भएकोे चिउली पार्चे तमु समाजले १० हजार, तेश्रो बाँझापाटन तमु समाजले ५ हजार रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत भयो । चिप्लेढुंगाबाट शुभकामना ¥याली शुरु हुनु अघि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला र कास्की २ (२)बाट निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा आयोजित राष्ट्रिय छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, सुर्यमुखी तमु समाजका भासु तमु दोश्रो र रत्न श्री जिमका प्रदिप गिरी तेश्रो बन्दै क्रमशः २५ हजार, १० हजार र ५ हजार रुपैया सति प्रमाणपत्र, फेटा र खादाबाट पुरस्कृत बने ।
कार्यक्रममा गुरुङ कलाकार संघ, जिफान, विभिन्न समाजका कलाकारसहित चर्चित राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, देवबहादुर तमुसहितको लमजुङे ठाडो भाकाको विशेष प्रस्तुतिले समारोह रोमाञ्चक बनेको थियो । सामुहिक खि ल्होछार÷ल्होसार २०७४ को भव्यताका साथ मनाउन तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश नं. ४ का संयोजक दलबहादुर तमुको मुल आयोजक समिति र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा कार्यसम्पादन समिति तथा बौद्ध अर्घौ सदन, तमु धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद, ङ्योए तमु धिं लेखनाथ, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु(गुरुङ) पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल, गुरुङ फिल्म एशोसियसन(जिफान), तमु(गुरुङ)कलाकार संघ, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपाल, तमु(गुरुङ)सञ्चारकर्मी संघ आयोजक रहेको थियो ।