पोखरामा ट्राफिक सप्ताह

पोखरा, वैशाख १७ ।

पोखरामा ट्राफिक सप्ताहा सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो । सप्ताहाको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरिक्षक अशोक सिंहले उद्घाटन गरे । सवारी दुर्घटना न्युनीकरणका लागि एक हप्ता विभिन्न सचेतनाका कार्यक्रम गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी निरिक्षक ऐन बहादुर मल्लले जानकारी दिए ।

सप्ताहा आज प्रभातफेरी संगै पर्चापम्लेट वितरण, चालक परामर्श पनि गरिएको छ । यस्तै बैशाख १८ गते जेब्राक्रस स्वयमसेवक परिचालन, र अमरसिंह उच्चमावी र महेन्द्र उच्चमावीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना कक्षा, रेडियो सम्बाद कार्यक्रम गरिने छ।

बैशाख १९ गते ड्राइभिङ्ग इन्ष्टीच्युट समितिका प्रतिनिधीहरुलाई सचेतना, बैशाख २० गते प्याराग्लाइडिङ्ग चालकहरुलाई ट्राफिक सचेतना र प्यारामाउण्ड बोडिङ स्कुलमा सचेतना कक्षा, चालक परामर्श, बैशाख २१ गते आमा समुहहरुलाई सचेतना कक्षा, चालक परामर्श, बैशाख २२ गते चालकका लागि ट्राफिक कक्षा, बाराहि उच्च मावीमा सचेतना कक्षा र बैशाख २३ गते फिल्म हलहरुमा अडियो क्लिप शो, र समापन गरिने प्रहरी निरिक्षक मल्लले बताए ।