पोखरामा झोले बमको त्रास

पोखरा, चैत २३ ।
पोखरा महानगरपाकिलाका ७ बुलौदीमा शंकास्पद झोला भेटिएको छ । पुष्पलाल पार्क नजिकै रहेको कालो झोलाले सबैलाई आतंकित बनाएको छ ।
साझँपख एक व्यक्तीले झोला छाडेर गएपछि बम भएको आशंकामा प्रहरीले त्यस क्षेत्रमा अहिले मानिसहरुलाई हिँडडुल गर्न रोक लाएको छ । घटनामा अनुसन्धान चलिरहेको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने स्थानीयहरुको भीड लागेको छ ।