पोखरामा जुवा खेल्दै गरेका ४ जना पक्राउ, डेढ लाख बरामद

पोखरा, साउन १७ ।
कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट चार जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ । डाडाकोथोकका ईमानसिंह पुनको जुवा तास खेलि खेलाईरहेका छन् भने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको सादा पोशाकको प्रहरी टोलिले ४ बुक तास र नगद १ लाख ५२ हजार ६ सय सहित चार जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र गुरुङले जानकारी दिए । उनीहरुलाई जुवा मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका बडा नं १४ चाउथे बस्ने बर्ष ६८ को यम बहादुर पुडासैनि, पोखरा महानगरपालिका बडा नं १६ बाटुलेचौर बस्ने बर्ष ६३ को ईमानसिहं पुन, दिपका ५६ बर्षिय बालाकृष्ण गुरुङ र ३६ बर्षिय जिवन गुरुङ छन् ।