पोखरामा जग्गाको बिषयमा विवाद हुँदा कुटपिट, एकजना गम्भीर घाईते

पोखरा, माघ २६ ।
जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्याक्ति घाइते भएका छन् । शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात बर्ष ३४ का शिब बानियाँ र ३५ बर्षिय पदम खत्रीले सोही स्थान बस्ने बर्ष ५८ का चुडामणि पौडेललाई कुटपिट गर्दा पौडेल घाइते भएको प्रदेश ४ प्रहरी कार्यालयका नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

दुई जनाको कुटाइबाट सख्त घाइते भएका पौडेललाई पोखराको बिरौटा स्थित नमस्ते अस्पतालमा भएको छ । खबर लगत्तै घटना स्थलमा खटिएको प्रहरीको टोलीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ भने, थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।