पोखरामा छुट्टाछुट्टै दुर्घटना तीनजना घाईते

पोखरा, मंसिर ५ ।
पोखराका विभिन्न ठाउँमा भएको दुर्घटनामा दुईजना घाईते भएका छन् । पोखरा १० शिवचोकमा ग १ ज १७२९ नम्बरको ट्याक्सीले लु ३९ प ३८५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नवलपुर बुम्दी २ बस्ने २० बर्षका खेमबहादुर विक र पछाडी सवार ४५ बर्षकी खुमकुमारी विक घाईते भएका हुन् । उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै, पोखरा २ बागलुङ बसपार्कमा ग १० प ९६६७ नम्बरको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिएको छ । ठक्करबाट पोखरा ११ फुलबारी बस्ने ६७ बर्षका राम बास्तोला घाईते भएका प्रहरीले जनाएको छ । उनको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।