पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

पोखरा, साउन २४ ।
पोखराका लेकसाइडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियार करेण्ट लागेको मृत्यु भएको छ ।

करेण्ट लागरे घाईते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टासमिटरबाट बत्तीको लाइन बन्द गरेर नयाँ तार फेर्न क्रममा करेन्ट लागेर मृत्यु भएको । उनलाई करेन्ट लागे पनि उनका साथी बेहोस भइ ढलेका थिए ।