पोखरामा करेण्ट लागेर एकजनाको मृत्यु

पोखरा, पुस २ ।
करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ भद्रकाली चोकमा उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागेर पाल्पा घर भई पोखरा १३ काहूँखोला स्थित सोल्टी मेटलमा काम गर्ने २२ बर्षिय केशव थापामगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।