पोखरामा कमल थापा र पूर्वराजाबीच ब्रेकफास्ट मिटिङ–काँग्रेससँग सहकार्य गर्न पूर्वराजाको सुझाव

पोखरा, पुस ६ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियता पछिल्लो समय बढेको छ । चार दिनअघिदेखि पोखरामा रहेका शाहले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग शुक्रबार बिहान ‘ब्रेक फास्ट’मिटिङ गरेका हुन् । वान टु वान भेटका क्रममा विशेषगरि काँग्रेस र राप्रपाबीचको सहकार्यलाई पूर्व राजाले चासो देखाएको बताईएको छ ।

शाहले पूर्वपञ्चहरुको पार्टी एकताको क्रम कहाँ पुगेको भनी जिज्ञासा राखेका थिए । पूर्वपञ्चका पार्टीहरुलाई एकता गर्नका लागि सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए । साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरी अघि बढ्न पूर्वराजाले राप्रपा नेपाललाई सुझाव दिएका थिए । शाहले एक घण्टा थापासँग भेटेका थिए ।

‘देशका सबै शक्तिलाई जोडेर लैजाने पक्षमा कुराकानी भयो । देश सबैको साझा हो, मिलेर जोगाउनुपर्छ भन्ने बिषयमा नै कुराकानी केन्द्रित थियो, ति नेताले भने–विशेषगरि काँग्रेससँग सहकार्य गर्ने र पूर्वपञ्चबीच एकतालाई बढी चासो दिईएको थियो ।’ पार्टीको राजनीतिक प्रशिक्षणका लागि पोखरामा रहेका थापासँग शाहको भेट भएको हो । एक साताको लागि पोखरामा रहेका शाहपत्नि कोमल सहित पोखरामा छन् ।