पोखरामा एनसेलको टावरमा आगजनी

पोखरा, चैत १७ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लामागाउँ रहेको एनसेलको टावरमा आगजनी भएको छ । बिहीबार रात टावरमा अज्ञात ब्यक्तिहरुले आगजनी गर्दा उक्त टावरमा रहेको जेनेरेटर तथा फोनको सिस्टम सम्बन्धी मेसिनरीको सामान जलेर क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
आगोलागि गर्ने व्यक्तिको बारेमा खोली भई रहेको प्रहरीले जानकारी दिएको छ । टावरमा क्षेति पुगेपछि केही स्थानमा एनसेलको मोवाइलमा सेवामा समेत अप्ठेरो परेको कम्पनीले जनाएको छ ।