पोखरामा एक युवकले गरे आत्महत्या

पोखरा, जेठ ३० ।
पोखरा चिप्लेढुंगाका एक युवकले आत्महत्या गरेका छन् । पोखराको ड्यामसाईडस्थित होटल न्यु नेचरल्याण्डमा उनले आत्महत्या गरेका हुन् ।

पोखरा लेखनाथ ४ चिप्लेढुंगा घर ठेगाना इन्ट्री गरेका २५ वर्षिय कृष्ण सिम्खडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कोठा नं १०४ मा बसेका उनले ब्लेटले आफ्नै घाँटी चिरेर आत्महत्या गरेको प्रहरीको भनाई थियो ।

होटल सञ्चालकले विहान नठेपछि शंका लागेर प्रहरीलाई जानकारी दिएपछि प्रहरीले ढोका खोली हेर्दा मृत अवस्थामा फेला पारेको जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।