पोखरामा एक महिलाले आँफैलाई आगो लगाईन्

पोखरा, पुस १६ ।
पोखराको पृथ्वीचोकमा सोमबार दिउँसो करिब साढे ४ एक महिलाले आफैंलाई जलाउने प्रयास गरेकी छन् । पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि बाटोमा उनले मट्टीतेल खन्याएर आफूलाई आगोल लगाएकी हुन् ।

भारतीय ती महिलाको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनले त्यसरी आगो लगाउनुको कारण र उनको परिचय खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।