पोखरामा एक बालिकाको रहस्यमय मृत्यु, बलात्कारपछि हत्या भएको आशंका

पोखरा, भदौ ९ ।
पोखराको लामाचौरमा १३ बर्षिय बालिकाको रहस्यमय मृत्यु भएको छ । विन्ध्यवासीनि मावि बटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी शुक्रबार साँझ मृत फेला परेकी थिइन् । बिहीबार विद्यालयबाट फर्किदा बाटैबाट उनी बेपत्ता थिईन् ।

विद्यालयको बसले करिब साढे ५ बजे छाडेपछि उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी छन् । पोखरा १९ फापरतरोमा केसी सव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो ।

उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलत्कार पछि हत्या भएको हुन सक्ने स्थानीयले बताएका छन् । उनको शब झारले छोपेको अवस्थामा भेटिएको थियो । उनको जामा र विद्यालयको बेल्ट फुकालिएको स्थानीले बताए ।यसैबीच, उनी पढ्ने विद्यालय विन्ध्यावासिनी माविले शनिवार विज्ञप्ती जारी गरी घटनाको छानवीन गर्न माग गरेको छ । घटनाप्रति विद्यालय परिवार नै स्तब्ध भएको भन्दै घटनाको सत्य, तथ्य यथाशिघ्र छानबिन गरी वास्तविकता खोजेर दोषी उपर कडा कार्वाहीको माग गरेको छ ।