पोखरामा एक पुरुष मृत भेटिए

पोखरा, कार्तिक ७ ।
पोखरा १७ पावरहाउस नजिक नहरमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ बर्षको देखिने पुरुष मृत भेटिएका हुन् ।

उनको पहिचान खुलेको छैन । पानीमा डुवेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ ।