पोखरामा एक किशोरी मृत फेला

पोखरा, भदौ २८ ।
पोखरा २४ पामेकी बोधीमाया लामा मृत भेटिएकी छिन् । २५ बर्षिया लामा जरेबरमा भाडामा बस्थिन् । उनी गएको सोमबारदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो पोखरा १७ रातोपहिरो नजिकै कुलोमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।