पोखरामा एकैपटक ३ हजार धावक दौडिने

पोखरा, फागुन ५ ।
पोखरामा पर्सि सोमबार अर्न्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ यहि फागुन ७ गते सोमबार १२ औं सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको हो । रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टीविहिन हृविल चेयर गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा करीब ३ हजार धावक दौडिने आयोजकको दाबी छ । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार म्याराथनमा २५ जना, १० किलोमिटर महिलामा २५ जना, १० किलोमिटर पुरुषमा ७५ जना, ५ किलोमिटर छात्रमा १ सय ८० जना, ५ किलोमिटर छात्रामा १ सय जनाले नाम दर्ता गराइसकेका छन् । यसैगरी ४ सय मिटर हृविल चेयर पुरुष, १ सय मिटर हृविल चेयर महिला र १ सय मिटर दृष्टीविहिन् दौडको दर्ता कार्य पनि जारी रहेको उनले बताए । आयोजकका अनुसार पोखरा रंगशालाबाट सोमबार विहान ठीक ७ बजे म्याराथन शुरु हुनेछ । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताले पर्यटन प्रबर्द्धनमा सघाउने विश्वास व्यक्त गरे ।