पोखरामा एकैदिन दुई शक्ति राष्ट्र सम्मिलित कार्यक्रम

पोखरा, असार ७ ।
पोखरामा एकैदिन दुई छिमेकी शक्तिराष्ट्रको उपस्थितिमा विशेष कार्यक्रम भएका छन् । बुधबार चीन र भारतका राजदुतहरु फरक कार्यक्रममा सहभागी भए ।

भारतीय राजदूत नवीन श्रीवास्तव नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा आइपुगेका थिए भने चीनका राजदूत छन् सोङ चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरणपछि आयोजित कार्यक्रममा सहभागी हुन आएका हुन् ।

श्रीवास्तव यता पोखरा रंगशालामा आयोजित योग दिवसमा सहभागी थिए । चीनले पोखरा विमानस्थल बीआरआई अन्तरगको परियोजना भएको दावी गरिरहेका कारण अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । भारत यही परियोजनाका कारण आशंकामा छ । बुधबार सिचुआन एयरलाइन्सले पोखरामा पहिलो पटक चार्टर्ड जहाज अवतरण गरेको हो ।

हेर्दा सामान्य लागेपनि दुवै देशका राजदुत एकै दिन पोखराका ठूला कार्यक्रममा सहभागि हुनुले दीर्घकालीन महत्व राख्छ ।