पोखरामा एकजना मृत फेला

पोखरा, पुस १० ।
ओखलढुंगाका २८ बर्षिय बाबुजा श्रेष्ठ पोखरामा मृत भेटिएका छन् । बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्दै आएका श्रेष्ठ सोमबारदेखि बेपत्ता थिए ।

खोजी गर्दै जाँदा विजयपुर खोला किनारमा उनलाई मृत भेटिएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।