पोखरामा आस्था राउत गुञ्जिने, चर्चित लेकाली व्याण्ड पनि स्टेजमा उत्रने

पोखरा, जेठ ४ ।

शनिबार पोखरामा आस्था राउत गुञ्जिने भएकी छन । पोखराको माछापुच्छ्रे एफ एमले आस्था सहित पोखराको पुरानो चर्चित व्याण्ड लेकालीलाई एकै पटक स्टेजमा उतार्दै यस्तो अवसर जुराएको हो ।

माछापुच्छे्र एफएमको आयोजनामा हुन लागेको साहित्यिक सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रममा गायिका राउत र लेकाली व्याण्डले आफ्ना चर्चित गीत दर्शक स्रोतामा माझ प्रस्तुत गर्ने एफ एमकी स्टेसन म्यानेजर रेनु थापाले जानकारी दिइन । उनले भनिन्, ‘हामीले सो कार्यक्रममा विगत १५ वर्षदेखी स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आउनु भएका डा कालु शर्मालाई सम्मान गर्दै छौं । कार्यक्रममा पोखरा लगायत आसपासमा सक्रिय झण्डै १५ जना बढी साहित्यकारहरुले आफ्ना साहित्यिक रचना पनि सो कार्यक्रममा प्रस्तुत गर्नु हुनेछ ।’

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार दिउँसो हुने कार्यक्रमको तयारी लगभग सकिसको एफएमले जनाएको छ ।