पोखरामा अव मम पनि जोखेर बेचिन्छ

पोखरा, भदौ २२ ।
नयाँ नयाँ फिचर थपेर ग्राहक तान्ने ब्यवसायीको पोलिसी हो । त्यो मामलामा पोखरा पहिलो नम्बरमै पर्छ । पोखराको विरौटामा रहेको फेवा मिट प्रडक्टले जोखेर मम ब्यापार थालेको छ । मम सहित चिकेन फ्राई र चिकेन तन्दुरी जोखेर विक्रि गर्ने सञ्चालक सूर्यप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार एक किलो ममको ५ सय रुपैयाँ पर्छ भने चिकेन तन्दुरी र चिकेन फ्राईको १ हजार रुपैयाँ प्रतिकिलो विक्रि हुनेछ । फेवा मिट अन्तर्गत चिकेन पोईण्ट मार्फत किलोमा जोखेर चिकेन आईटम विक्रि गर्न लागिएको हो । तीजलाई लक्षित गरी अहिले मुल्यमा केही सहुलियत दिईएको बरालले बताए ।

‘अहिले ग्राहकलाई समय छैन । आफुलाई मन लागेजति मम जोखेर लिने सिस्टम सुरु गरेका छौं, उनले भने–यो नयाँ प्रयोग हो । हामी सफल हुन्छौं ।’ चिकेन पोईण्ट र चिकेन प्रोसेसिङ करिब ६ करोडको लागतमा सञ्चालन गरिएको बराल बताउँछन् ।