पोखरामा अख्तियारका कर्मचारीलाई खुवाउने भन्दै सेवाग्राहीसँग घुस मागियो, २ जना पक्राउ

पोखरा, जेठ १४ ।
अख्तियारका कर्मचारीलाई सेटिङ गर्नका लागि पैसा खुवाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गरेका दुई जनालाई अख्तियार कार्यालय पोखराको टोलीले सोमबार रंगेहात पक्राउ गरेको छ । हेभि भेइकल ट्रयल पास गराइदिन्छु भन्दै उनीहरुले एक जना सेवाग्रहीसँग रु चालिस हजार लिँदै गरेको अवस्थामा उनीहरुलाई पैसाको कारोबार गर्दै गर्दा अख्तियारका डिएसपि रोसन खड्का नेतृत्वको टोलिले पोखराको एक होटलबाट रंगेहात पक्राउ गरेको थियोे ।

मेलम्ची नगरपालिका १३ सिन्दुपाल्चोक घर भइ पोखराको हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीमा राजपत्र अनंकित द्धितिय श्रेणीमा कार्यरत प्राबिधिक कुमार लामिछाने र पोखरा १४ का बिचौलिया खगेन्द्र प्रसाद काफ्ले पक्राउ परेका छन । उनीहरुले पोखराको हेभि इक्युप्मेन्टको परिक्षामा पास गराउनका लागी अख्तियारका कर्मचारीलाई नै पैसा दिनुपर्ने भन्दै सेवाग्राहिसँग पैसा मागेका थिए । सो खबर पाए सँगै अख्तियार पोखराको टोलिले सेवाग्रहीको सहयोग मार्फत उनीहरुलाई रंगेहात समाउन सफल भएको छ ।

यातायात ब्यवस्था कार्यालय पोखरामा बिना पैसा काम नै नहुने सेवाग्रहीको आरोप रहेको छ । केही समय अगाडी हेभि भेइकल ट्रायलमा आर्थिक लेनदेनको कुरा बाहिर आएको थियो । त्यसको यथेष्ट प्रमाण नभेट्दा अख्तियारले समाउन सकेको थिएन । तर यसपालि अख्तियारको टोलिले पैसा लेनदेन गरेकै समयमा हेभि इक्युप्मेन्ट डिभिजन कार्यालय कास्कीका प्राबिधिक कुमार लामिछान र बिचौलिया खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गर्न सफल भएको हो ।

यातायात ब्यवस्था कार्यालयमा सवारी अनुमति पत्र लाइसेन्स निकाल्न दैनिक सयौको संख्यामा सेवाग्राही आउने गरेका छन । भित्री रुपमा फाराम भरीदिने र पास गराइदिने भन्दै यातायातमा ठुलो दैनिक पैसाको बार्गे्निङ हुने गरेको स्रोतको दाबी रहेको छ । यस घटनामा यातायातका कर्मचारीसँगको मिलेमतो हुनसक्ने आशंका पनि गरिएको छ । पत्रकार उत्तम पौडेलले यो खवर लेखेका हुन् ।