पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला

पोखरा, भदौ ११ ।
पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ ।

पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ ।

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।