पोखराबाट प्रहरीले समातेको जड्याहा हथकडी सहित भागे

पोखरा, जेठ ८ ।
पोखरा ५ पस्र्याङमा सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतकडी लगायो । तर झगडामा संलगनहरु हतकडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन नसकेको बताएको छ ।

विहान देखी नै ठुलो मात्रामा त्यस क्षेत्रमा प्रहरी परिचालन गरि खोजी भइरहेको प्रहरीको भनाई छ । कुनै हतकडी लगाएपछि भागे त कोही प्रहरीको गाडीमा चढेपछि हामफालेर भागेका प्रहरीले बताएको छ । कास्की प्रहरी प्रबक्ता खड्कबहादुर खत्री चाहीँ प्रहरी संख्या कम भएका कारण भागेको हुन सक्ने बताउँछन् ।

‘रक्सी खाएको मान्छे समाउन धेरै प्रहरी चाहिँदैन भनेर थोरै मात्रै गएका थिए । हतकडी लगाएपछि प्रहरीलाई नै झुक्याएर भागे, उनले भने–खोजी भैरहेको छ । पक्राउ गरेर कारबाही गर्छौं ।’

तर स्थानीयहरुले भने प्रहरीले नै भगाएको आरोप लगाएका छन् । ‘रक्सी खाएर झगडा गर्ने मान्छे धेरै नै रक्सी लागेको हुनुपर्छ । त्यसमाथी हथकडी नै लगाईसकेको मान्छे सजिलै भाग्न सक्दैन, एक स्थानीयले भने–मनसायले नै भगाईएको हो । रक्सी खाएको मान्छे कति दौडिन्छ र प्रहरीले समाउन नसक्ने ?’

वडा प्रहरी कार्यालय बैदामका अनुसार १ जनामात्रै भागेका हुन् । राजकुमार परियार हथकडी सहित भागेको डिएसपी नवीन कार्कीले जानकारी दिए । आफ्नै घरमा तोडफोड गरिरहेको अवस्थामा प्रहरीले सूचना पाएपछि हथकडी लगाएको उनले बताए । फरार परियारको खोजी भैरहेको कार्कीको भनाई छ ।