पोखराबाट धमाधम समातिए विप्लव कार्यकर्ताहरु

पोखरा, साउन २६ ।
विद्यार्थी नेता सागर काफ्लेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि सम्मेलन आयोजक कमिटि सदस्य काफ्लेलाई बुद्धचोकबाट शुक्रबार पक्राउ गरिएको हो ।

पार्टी प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को रिहाइ माग गर्दै विरोधमा उत्रिएका उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । नेकपाका क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे पनि पक्राउ परेका छन् ।

उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।